एमालेबाट हेटौँडाको मेयर र उपमेयरमा तीन–तीन जना सिफारिस
मेरोन्यूज
२०७८ चैत २९ गते २०:५२

हेटौँडा । नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३–३ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले सर्वसहमतिमा उम्मेदवार टुंगो लगाउन नसकेपछि ३–३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
मेयर पदमा अहिलेका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएको छ ।
बुधबार जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । यदि, जिल्लाबाट पनि उम्मेदवार टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश कमिटीलाई सिफारिस गरिने उनले बताए ।
सम्बन्धित
















नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै छ : मन्त्री सिन्हा
धनुषाका १९४ मतदानस्थल अतिसंवेदशनशील
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
प्रतिक्रिया