एमालेबाट हेटौँडाको मेयर र उपमेयरमा तीन–तीन जना सिफारिस
मेरोन्यूज
२०७८ चैत २९ गते २०:५२

हेटौँडा । नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३–३ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले सर्वसहमतिमा उम्मेदवार टुंगो लगाउन नसकेपछि ३–३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।
मेयर पदमा अहिलेका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएको छ ।
बुधबार जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । यदि, जिल्लाबाट पनि उम्मेदवार टुंगो लगाउन नसकेको अवस्थामा प्रदेश कमिटीलाई सिफारिस गरिने उनले बताए ।
सम्बन्धित
















हेटौँडामा दुई मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, २ घाइते
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
भारतमा जनगणना सुरु
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया