ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख १ गते ९:१२

काठमाडौं । सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरीको मृत्यु भएको छ। बुधबार अपरान्ह भएको दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको हो ।
कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ट्रकले प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविन राईले बताए।
दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया