रुसी हमलाको ५० औँ दिनः पूर्वीयुक्रेनमा आक्रमण जारी
मेरोन्यूज
२०७९ वैशाख १ गते ११:४२

किभ । रुसी हमलाको ५० औं दिन रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको युक्रेनी सेनाले जनाएको छ । रुसी सेनाले युक्रेनको पूर्वी सिमाना नजिक आर्टिलरी इकाइ सशक्त बनाएको छ ।
उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरूको खोजी गरिरहेको छ । उनीहरूले खार्किभ सहरलाई आंशिक रूपमा अवरुद्ध गर्न खोजिरहेका छन् । खार्किकभमा अहिले पनि गोलाबारी जारी छ ।
पूर्वी युक्रेनको दोनेत्स्कमा रुसी सेनाले स्लाभ्यान्स्क, पोपस्ना र कुराखोभो जिल्लाहरूमा युद्ध गरेका थिए । त्यस्तै, बन्दरगाह सहर मारिउपोलमा रुसी सेनाले असफल आक्रमण गरेका थिए ।
यसैबीच मारिओपोलमा सयौँ युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।
सम्बन्धित
















सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया