निर्मला घिसिङले ल्याइन् नयाँ गीत ‘पिंगाई माया’ (भिडियोसहित)

काठमाडौँ । गायिका निर्मला घिसिङले भिडियोसहितको नयाँ गीत ‘पिंगाई माया’ रिलिज गरेकी छन् । उनले निर्मला घिसिङ युट्यु च्यानलमार्फत उनले नयाँ वर्षको अवसर पारेर रिलिज गरेकी हुन् ।
लोक मार्ग खन्ने काम गरिरहेका कुल्ली पाल्देन र गाउँकै सोझी तामाङ युवती पिंगाई मायाबीचको प्रेम कहानीमा आधारित रहेर उनले नयाँ गीत रिलिज गरेकी हुन् । यो तामाङ भाषाको गीत हो । तामाङ समुदायका विभिन्न परिवेशलाई गीतमार्फत जीवन्त प्रस्तुत गर्ने कोसिस आफूले पिंगाई माया गीतमार्फत गरेको बताएकी छन् ।
‘यो गीतको भिडियोमा हरेक कोणबाट सकेसम्म तामाङ परिवेशका विविध पक्षहरूलाई प्रस्तुत गर्ने कोशिस गरेका छौँ,′ गायिका घिसिडले मेरोन्यूजसँग भनिन्, ‘पिंगाई माया’को सम्पूर्ण टिमको मेहनतका कारणलेनै आज यो म्युजिक भिडियो सम्भव बनेको छ ।′
यो गतिमा गायिका निर्मला घिसिङ र अनिश योञ्जन (च्याङबा)को स्वर छ । वुद्धि तामाड र निराञ्जली लामाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतको शब्द पनि गायिका घिसिङ आफैको रहेको छ । कथा राजु स्यङ्तानको रहेको यसको निर्देशन अजय स्यङ्तानले गरेका छन् ।
काम गर्दै जाँदा नचाहेरै पनि केही कमजोरी भएको हुन सक्ने भन्दै गायिका घिसिङले कमजोरी औल्याइदिएर थप हौसल्ला प्रदान गरिदिनु हुन पनि अपिल गरेकी छन् ।
















आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
गोली चलाएर पिङ्गलास्थानबाट दुई जना पक्राउ
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रतिक्रिया