शुक्रबार, चैत २०, २०८२

गठबन्धन सबैले जित्ने खालको हुनुपर्छ : नेता श्रेष्ठ

मेरोन्यूज २०७९ वैशाख ३ गते २१:५४

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले गठबन्धन सबैले जित्ने खालको हुनु पर्नेमा जोड दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी नेकपा एकीकृत समाजवादी तनहुँले आज आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले गठबन्धन भनेको ‘विन–विन’ खालको हुनु पर्ने बताएका हुन् ।

गठबन्धन गर्दा एउटाले जितिरहने र अर्कोले हारिरहने हुन नहुने श्रेष्ठको भनाइ थियो । गठबन्धनका सबै दलको अस्तित्व स्वीकार गर्नु पर्नेमा उनले जोड दिए । “गठबन्धन कसैलाई जिताउनका लागि मात्र हुनु हुँदैन, सबैले जित्ने खालको हुनुपर्दछ, त्यसमा हामी प्रष्ट छौँ”, श्रेष्ठले भने ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज चित्र थापा, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्या ढकाल, जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठलगायतले स्थानीय तह निर्वाचनका सन्दर्भमा धारणा राखेका थिए ।

प्रतिक्रिया