रुसद्वारा मारियुपोलको शहरी क्षेत्र पूर्ण नियन्त्रण रहेको दाबी

पूर्वी युक्रेनको मारिउपोल शहरको सम्पूर्ण शहरी क्षेत्र युक्रेनी सशस्त्र बल र विदेशी भाडाका लडाकुहरूबाट पूर्ण रूपमा खाली गरिएको रुसी सेनाले शनिबार उल्लेख गरेको छ। प्रतिरोधी सेनाका अवशेषहरू एजोभस्टल आइरन र स्टिल वर्क्स प्लान्टहरूमा अवरुद्ध गरिएको रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले एक ब्रीफिंगमा बताएका छन् ।
उनले यो अवधिमा १ हजार ४ सय ६४ युक्रेनी सैनिकले आत्मसमर्पण गरेको समेत बताएका छन् । आजोभ सागरको एक प्रमुख बन्दरगाह शहरको रूपमा मारिउपोल रूस-युक्रेन द्वन्द्को सबैभन्दा खराब हिंसाको साक्षी बनेको छ। यता युक्रेनी रक्षा मन्त्रालयले शुक्रबार उसको सेनाले शहरलाई घेराबन्दी गरेको झण्डै सात हप्तापछि पनि मारियुपोलमा रुसीहरूसँग लडिरहेको जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारियुपोलमा रहेका युक्रेनी सेनालाई हटाएमा रुससँग जारी कुनै पनि प्रकारको वार्तालाई अन्त्य गर्ने चेतावनी दिएका छन्।
















ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया