घुस लिँदै गर्दा पक्राउ परे टोखा मालपोतका खरिदार
मेरोन्यूज
२०७९ वैशाख ४ गते २०:२५
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुससहित पक्राउ गरेको छ ।
मालपोत कार्यालय टोखा सरस्वती, काठमाडौँको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस २० हजार रुपैयाँ माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग, टंगालबाट खटिएको टोलीले खरिदार तिवारीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया