ठमेलस्थित होटल मनाङको सातौँ तलाबाट खसेर विदेशी नागरिकको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख ७ गते १८:२६

काठमाडौं । राजधानिको ठमेलस्थित होटल मनाङबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । बुधबार बिहान ठमेलको होटल मनाङको सातौँ तलाबाट खसेर पासपोर्ट नम्बर ४९०५२३१ रहेका आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको ज्यान गएको हो ।
प्रहरीका अनुसार उनी न्यू एभरेष्ट होटलमा बसेको खुलेको छ । उनीहरू मादक पदार्थ सेवन गरेर मनाङ होटल पुगेका थिए । मादक पदार्थले लठ्ठिएका उनी राति २ बजे होटलको छतबाट अनियत्रित भएर खसेको प्रहरीको दाबी छ ।
शव पोष्टमार्टम लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीका अनुुसार फिलिप्ससँगै ५ जना साथीहरूले राति विभिन्न पबहरूमा पुगेर मदिरा सेवन गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरू एभरेष्ट बेस क्याम्मसमेत पुगेर फर्किएको खुलेको छ । फिलिप्ससहित उनका साथीहरू ७ अप्रिल २०२२ मा नेपाल आएको खुलेको छ ।
सम्बन्धित
















सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
पाकिस्तानमा आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया