रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

रसुवा । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सदरमुकाम धुन्चेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
बिहीबार रसुवा जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लाका स्थानिय तहहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एव्म रसुवा जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालले बताए ।
‘रसवामा पाँच वटा गाउँपालिका रहेका छन्, गोसाइकुण्ड गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेर्ने गरी र उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ,’ उनले भने ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनको कार्यालय स्थापना गरिएसँगै निर्वाचनको कार्यहरू अघि बढाइएको उनले जानकारी दिए । जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन उत्तरगया गाउँपालिका मुना अधिकारी ढकाल, कालिका गाउँपालिकामा अशोकराज रेग्मी, नौकुण्ड गाउँपालिकामा कल्पना खतिवडा, आमाछोदिङ्मो गाउँपालिकामा शान्तिप्रसाद लुइटेललाई निर्वाचन अधिकृत तोकिएको छ ।
त्यसैगरी, वैशाख २३ गतेसम्ममा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने गरी तयारी भइरहेको नेपालले बताए ।
















निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया