राखेपको बोर्ड बैठक सिंहदरबारमा जारी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक जारी छ । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका बोलाएका थिए ।
खेलकुद मन्त्री गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ ।
राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने व्यवस्था छ । राखेपको बोर्ड बैठकलाई खेलकुद सम्बन्धि नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरि पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया