समावेशी समानुपातिक सिद्धान्तको आधारमा दलितलाई टिकट दिन समता फाउण्डेसनको अपिल

काठमाडौं । आसन्न निर्वाचनमा जनसङ्ख्याको आधारमा दलित समुदायको समावेशी समानुपातिक सिद्धान्तको आधारमा टिकट वितरण गर्न समता फाउण्डेसनले राजनीतिक दलहरुलाई अपिल गरेको छ ।
फाउण्डेसनले आसन्न निर्वाचनलाई केन्द्रीत गर्दै बिहिबार एक विज्ञप्ति मार्फात बाध्यकारी पदमात्र नभएर अन्य पदहरूमा पनि अर्थपूर्ण सहभागिता सुनिश्चित गरियोस् भन्दै राजनीतिक दलहरुलाई अपिल गरेको हो ।
‘राजनीतिक दलहरूको इच्छाशक्तिले मात्रै स्थानीय सरकारमा दलित समुदायको सहभागितालाई निर्णायक र अर्थपूर्ण बनाउन सम्भव छ ।’ फाउण्डेसनले अफ्नो विज्ञप्ति मार्फत भनेको छ, ‘आसन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायको समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नका लागि विवेकपूर्ण निर्णय गर्ने वातावरण सिर्जना गर्न गराउन समता फाउण्डेशन निम्न मागसहित सम्पूर्ण राजनीतिक दलहरूलाई हार्दिक अपिल गर्दछ ।’
संविधानले व्यवस्था गरे बमोजिम समावेशी समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न स्थानीय तहको निर्वाचनमा दलित नेतृत्त्व र दलित समुदायको सहभागितालाई अर्थपूर्ण बनाउन समेत उनले फाउण्डेसले अपिल गरेको हो ।
यस्तो छ विज्ञप्ति (पुर्णपाठ)
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया