सवा अर्बको मास्क र स्यानिटाइजर आयात

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८–७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो ।
तथ्यांकअनुसार नौ महिनाको अवधिमा एक अर्ब आठ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार बराबरको स्यानिटाइजर आयात भएको छ । नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ । मास्क आयातबाट सरकारले आठ करोड ७६ हजार बराबर राजश्व संकलन गरेको छ ।
सोही अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ । चीनबाट एक करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले ६ करोड ८९ लाख ३४ हजार राजश्व संकलन गरेको छ । चीनपछि डेनमार्कबाट १३ करोड ७३ लाख रुपैयाँ हजार बराबरको एक लाख २० हजार वटा मास्क आयात भएको छ ।
नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो ।
नौ महिनाको अवधिमा १३ करोड ५३ लाख बराबरको ह्याण्ड स्यानिटाइजरको आयात भएको छ । विभिन्न दश देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले दुई करोड ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
नौ महिनाको अवधिमा बंगलादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो । सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ । भारतबाट दश करोड नौ लाख बराबरको छ लाख तीन हजार किलो र युएइबाट एक करोड ६४ लाख रुपैयाँ बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ ।
कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योगस्थापना भए पनि भारतलगायत देशबाट ठूलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन ।

















हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु
७ जिल्लाका ४९३ उम्मेदवारको जमानत जफत
समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
Slight increase in gold, silver prices
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
प्रतिक्रिया