भत्कियो सत्तागठबन्धन
नेपालगञ्ज उपमहानगरमा माओवादी केन्द्र एक्लै चुनावमा जाने

नेपालगन्ज । महानगर र उपमहानगरमा गठबन्धन गर्ने गरी सिट बाँडफाँड समेत गरेको सत्तारुढ दलभित्रै कलह उत्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा बनेको गठबन्धन भत्किएको छ । गठबन्धनबाट बाहिरिँदै नेकपा (माओवादी केन्द्र) ले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।
चुनावी भागबन्डामा माओवादीलाई अपमान गर्ने गरी गएकोको कारण माओवादी केन्द्रले नेपालगन्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गदैं माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने घोषणा गरेको हो ।
ु२०७४ को स्थानीय तह निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा हाम्रो पार्टी दोस्रो स्थानमा हुँदा पनि सम्मानजनक अवसर दिइएन, तर केन्द्रीय गठबन्धनको मूलमर्मविपरीत नेपालगंज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसले प्रमुख र उपप्रमुख प्राप्त गरेका छन् ।
उक्त दलहरुले गठबन्धनको मूल स्परिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको छ ।’ माओवादी केन्द्रका उपमहानगर कमटि अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलनमा भने ।
माओवादी केन्द्रले मेयर उपमेयर नदिने भए १५ वटा वडाको अध्यक्ष आफुले पाउनुपर्ने दावी गरेको थियो । तर त्यसमा अन्य दल सहमत नभएपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिने निर्णयमा पुगेको हो ।
नगर अध्यक्ष रतन शाहीले भने,‘अपमानित भएर बस्न सक्दैनौं । हामीले मेयर, उपमेयर नभए पनि १५ वडा मागेका थियौं । त्यो माग पनि पूरा गरिएन । त्यसैले उपमहानगरको सन्दर्भमा हामी एक्लै लड्छौं ।’

















कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया