भत्कियो सत्तागठबन्धन
नेपालगञ्ज उपमहानगरमा माओवादी केन्द्र एक्लै चुनावमा जाने

नेपालगन्ज । महानगर र उपमहानगरमा गठबन्धन गर्ने गरी सिट बाँडफाँड समेत गरेको सत्तारुढ दलभित्रै कलह उत्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा बनेको गठबन्धन भत्किएको छ । गठबन्धनबाट बाहिरिँदै नेकपा (माओवादी केन्द्र) ले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।
चुनावी भागबन्डामा माओवादीलाई अपमान गर्ने गरी गएकोको कारण माओवादी केन्द्रले नेपालगन्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । शनिबार पत्रकार सम्मेलन गदैं माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने घोषणा गरेको हो ।
ु२०७४ को स्थानीय तह निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा हाम्रो पार्टी दोस्रो स्थानमा हुँदा पनि सम्मानजनक अवसर दिइएन, तर केन्द्रीय गठबन्धनको मूलमर्मविपरीत नेपालगंज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसले प्रमुख र उपप्रमुख प्राप्त गरेका छन् ।
उक्त दलहरुले गठबन्धनको मूल स्परिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको छ ।’ माओवादी केन्द्रका उपमहानगर कमटि अध्यक्ष रतन शाहीले पत्रकार सम्मेलनमा भने ।
माओवादी केन्द्रले मेयर उपमेयर नदिने भए १५ वटा वडाको अध्यक्ष आफुले पाउनुपर्ने दावी गरेको थियो । तर त्यसमा अन्य दल सहमत नभएपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिने निर्णयमा पुगेको हो ।
नगर अध्यक्ष रतन शाहीले भने,‘अपमानित भएर बस्न सक्दैनौं । हामीले मेयर, उपमेयर नभए पनि १५ वडा मागेका थियौं । त्यो माग पनि पूरा गरिएन । त्यसैले उपमहानगरको सन्दर्भमा हामी एक्लै लड्छौं ।’

















Home Minister visits Gen Z movement injured at hospital
मैत्रीपूर्ण खेलमा सेनाको टोली विजयी
Bullion price: Gold unchanged, silver climbs
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया