धनकुटाको पाख्रीबासमा राई र चौबिसेमा चेम्जोङ एमालेबाट प्रमुखमा सर्वसम्मत

धनकुटा । नेकपा एमाले धनकुटाले आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाख्रीबास नगरपालिका र चौबिसे गाउँपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुंग्याएको छ ।
धनकुटाको पाख्रीबास नगरपालिका एमाले धनकुटाका सचिवालय सदस्य भीम राईलाई मेयरमा उठाउने निर्णय गरेको छ । उपमेयरमा जिल्ला सदस्य नम्रता देउजालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पाख्रीबास नगर कमिटीका अध्यक्ष शान्तिराम गौतमको प्रस्ताव र वर्तमान मेयर बिर्खबहादुर राईको समर्थनमा राईले मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।
मेयरका उम्मेदवार राई २०५४ सालको स्थानीय निर्वाचनमा फलाँटे गाविसका अध्यक्ष निर्वाचित भएका थिए । शालिन र भद्र स्वभावका राईलाई मेयर बनाउन बहुमत वडाको सिफारिस आएको थियो । त्यस्तै उपमेयरका उम्मेदवार देउजा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका थिए ।
यस्तै चौबिसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमाया मगरलाई सर्वसम्मत सिफारिस गरेका छ । चेम्जोङ एमाले चौबिसे गाउँपालिका कमिटी अध्यक्ष हुन् ।
यसअघि नै एमालेले धनकुटा नगरपालिकाको मेयरमा वर्तमान मेयर चिन्तन तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।
















निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया