रूख ढल्दा सात बालक घाइते
मेरोन्यूज
२०७९ वैशाख १० गते २०:५५
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सात जना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका ८ मा काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घाइते हुनेमा बडीमालिका नगरपालिका ८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् । उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ ।
घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल रहेका छन् । घाइते बालकको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
सम्बन्धित
















निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एमालेको सचिवालय बैठक बस्दै
नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया