एमालेले उदयपुरका ८ वटा स्थानीय तहमा उम्मेदवार टुंग्यायाे

उदयपुर । एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ । बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) उप प्रमुखमा जिरा राईलाई उठाइने भएको छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।
त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्काको नाम टुंगो लगाएको छ ।
त्यसैगरी, रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारीज्यू ठकुरीको नाममा टुंगो लगाएको छ । उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ ।
त्यसैगरी ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धबसिंह थापाको श्रीमती मनकुमारी थापालाई टिकट दिइएको छ ।
त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देवकुमारी कार्कीलाई दिइएको छ । उदयपुरमा एमालेले बेलका र कटारीमा पुरानैलाई टिकट दिएका छन भने अन्य छ पालिकामा नयाँ अनुहार ल्याएको छ ।















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया