एमालेले उदयपुरका ८ वटा स्थानीय तहमा उम्मेदवार टुंग्यायाे

उदयपुर । एमाले उदयपुरले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि आठ वटै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएको छ । बेलका नगरपालिकामा नगर प्रमुखमा दुर्गाकुमार थापा (स्वतिक) उप प्रमुखमा जिरा राईलाई उठाइने भएको छ । चौदण्डीगढी नगरपालिकामा नगर प्रमुखमा कालुमान लामा र उपप्रमुखमा मनिकादेवी दुलालको नाम टुंगो लगाएको छ ।
त्रियुगा नगरपालिकामा नगर प्रमुख भागवत राउत उपप्रमुखमा महेश्वरी राईले टिकट पाएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । त्यसैगरी कटारी नगरपालिकामा पुरानै नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ ‘काजी’लाई पुनःमेयरमा टिकट दिएको छ भने उपप्रमुखमा गीता खड्काको नाम टुंगो लगाएको छ ।
त्यसैगरी, रौतामाई गाउँपालिकामा अध्यक्षमा भरतबहादुर थापा र उपाध्यक्षमा पुरानै उपाध्यक्ष कुमारीज्यू ठकुरीको नाममा टुंगो लगाएको छ । उदयपुरगढी गाउँपालिकामा अध्यक्षमा गोपाल खत्री र उपाध्यक्षमा कुमारी घले मगरलाई टिकट दिइएको छ ।
त्यसैगरी ताप्ली गाउँपालिकामा बाबुराम राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा हालको अध्यक्ष उद्धबसिंह थापाको श्रीमती मनकुमारी थापालाई टिकट दिइएको छ ।
त्यसैगरी लिम्चुङबुङ गाउँपालिकामा राजकुमार राईलाई अध्यक्षको टिकट दिइएको छ भने उपाध्यक्षमा देवकुमारी कार्कीलाई दिइएको छ । उदयपुरमा एमालेले बेलका र कटारीमा पुरानैलाई टिकट दिएका छन भने अन्य छ पालिकामा नयाँ अनुहार ल्याएको छ ।
















अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया