अनलाइनबाट एनआईसी बैंकमा खाता खोले पाँच हजारसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई कमर्शबाट वस्तु तथा सेवा खरिद गर्दा पाँच हजार रुपैयाँसम्म छुट दिने भएको छ ।
जसअनुसार दराज, ग्यापु, भोजमाण्डु, खानपिन, जस्ता ई कमर्शबाट विभिन्न सामग्री खरिद गर्दा एवं ट्याक्सीमाण्डु, यति एयरलाइन्सजस्ता प्लेटफर्ममार्फत विभिन्न सेवाहरू लिन सकिने छ ।
यसका लागि ग्राहकले बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुरु भएपश्चात् बैंकले निज ग्राहक महानुभावलाई एसएमएस वा इमेलबाट उल्लेखित मर्चेन्टद्वारा प्रदान गरिएको प्रोमो कोड पठाउने व्यवस्था छ ।
यो योजना २०७९ असार मसान्तसम्म लागू हुनेछ । अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
बैंकले हाल मुलुकभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टरबाट सेवा दिँदै आएको छ ।















छ वर्षपछि चीन–उत्तर कोरिया रेल सेवा पुनः सुरु
शुक्लाफाँटामा बाघ गणना सुरु
नेप्सेमा ३२ अंकले घट्यो, साढे २१ अर्बको कारोबार
लमजुङमा जिपले च्यापेर चालकको मृत्यु
आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्रतिक्रिया