नारायणगढ–मुग्लिन सडक खण्डमा टिपर, बस र कार ठोक्किदा २८ जना घाइते
मेरोन्यूज
२०७९ वैशाख १४ गते १८:५४

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा ट्रिपर, बस र कार आपसमा ठोक्किदा २८ जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना७ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको समयमा आपसमा ठोक्किएका हुन् ।
आपसमा ठोक्किदा बस र कारमा सवार २८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा पाँच जना, पुरानो मेडिकल कलेजमा १८ जना र नयाँ मेडिकल कलेजमा पाँच जनाको उपचार भइरहेको अधिकारीले बताए । घाइते सबैको अवस्था सामान्य रहेको उनले बताए ।
सम्बन्धित
















नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया