एपीएफमा आबद्ध महिला खेलाडीमाथि दुर्व्यवहार, कारबाही गर्ने धम्की !

काठमाडौं । अखिल नेपाल महिला फूटबल संघको निर्वाचनमा मत हाल्न गएका सशस्त्र प्रहरीका बल (एपीएफ क्लब)का खेलाडीलाई एन्फा परिसरमा दूव्र्यवहार गरिएको पाइएको छ । उनीहरुलाई केही बेर बन्धक जस्तै बनाएर राखिएको पाइएको हो ।
मंगलबार भएको सो निर्वाचनमा सशस्त्र प्रहरी बलका पूर्व डिआइजी सुरज श्रेष्ठकी पत्नी पेमा डोल्मालाई मत दिन गएका केही खेलाडीलाई दुव्र्यवहार भएको स्रोतको दावी छ । ‘सशस्त्र प्रहरी बल मूख्यालयको निर्दैशनमा उनीहरुलाई दूव्र्यवहार गरिएको स्रोतको दावी छ । उनलाई मतदान गरेको आरोपमा केही खेलाडीलाई कारवाही गर्ने धम्की समेत दिइएको छ । ‘पेमालाई मत दिएको भन्दै केही खेलाडीलाई कारवाही गर्ने धक्की दिइएको रहेछ’, स्रोतले भन्यो ।
मेरोन्यूजको सम्पर्कमा आएका एक खेलाडीका अनुसार सशस्त्र प्रहरी क्लबका खेलाडीको मोवाइल समेत खोसिएको थियो । तर पनि पेमा डोल्मा अखिल नेपाल महिला फुटबल संघको अध्यक्षमा भारी मतान्तरले निर्वाचित भएकी थिइन । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् । कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । यस्तै, उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् ।
श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे । यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए । एन्फामा महिला संघको चुनाव सुरु हुनुअघि नै सशस्त्र प्रहरी बलसँग आवद्द रहेका खेलाडीलाई दूव्र्यवहार गरिएको थियो ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया