नारायणगढको चारतले भवनमा आगलागी, राति लागेको आगो बिहान मात्र नियन्त्रणमा

चितवन । नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी हुँदा करोडौँको क्षति भएको छ ।
स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो ।
राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए । भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।
‘फेन्सी, इलेक्ट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब ८ पसलमा आगलागी भएको छ । आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ’, उनले भने, ‘विद्युत सर्ट भएर आगलागी भएको हो कि भनेर अनुमान गरेका छौँ । चार तले घरको तलको दुई तलामा आगोले क्षति पु¥याएको हो ।’
चारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको उनले बताए ।
आगलागी भएका ६ वटा पसलका सञ्चालक सम्पर्कमा आएको उनले बताए ।













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया