आइतबार, वैशाख १३, २०८३

बेलायती सांसदले संसद्‌भित्र पोर्न सामग्री हेरेपछि…

मेरोन्यूज २०७९ वैशाख १५ गते १५:३४

काठमाडौँ । बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर पोर्न सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन ।

Advertisement
NiccNicc

ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले पोर्न सामाग्री हेरेको आरोप लगाएकी छन् । गत साता एउटा समितिको बैठकमा घटना भए दी टाइम्सले जनाएको छ ।

ती सांसदले अर्को फरक समयमा पनि पोर्न सामाग्री हेरेको आफूले पाएको तर तस्बिर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छन् ।

घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कञ्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

प्रतिक्रिया