बुधबार, माघ ७, २०८२

पूर्व मन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा, घाइतेलाई इँट्टाभट्टामा जलाएको आरोप

मेरोन्यूज २०७९ वैशाख १६ गते १४:५५

काठमाडौँ । पूर्व मन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा ‘हेर्दाहेर्दै’को सूचीमा राखेको छ । सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा परेको थियो ।

उनको मुद्दा सर्वोच्चले सुनुवाइ नसकिँदै हेर्दाहेर्दैमा राखिएको जानकारी दिएको हो । आलमलाई ०६४ चैत २७ गते भएको संविधानसभा निर्वाचनका क्रममा घाइते भएका व्यक्तिलाई इँट्टाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको छ । बम विस्फोटमा घाइते भएकालाई उनले इँटाभट्टामा जलाएर मारेको अभियोगमा मुद्दा चलिरहेको हो ।

यनलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो । योसँगै उच्च अदालत जनकपुरमा पुगेको मुद्दाको पटकपटक पेसी तोकिँदै आएको छ । तर, सुनुवाइ हुन सकेको छैन ।

प्रतिक्रिया