पार्टी छाडेको भन्दै एमाले तेह्रथुमद्वारा दुई नेता निष्कासित

काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी तेह्रथुमले सचिवालय सदस्य पार्वती सानु डाँगी र जिल्ला कमिटी सदस्य स्वयं सिजागुलाई पार्टीबाट निष्कासन गरेको छ ।
दुवै जनाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पूर्वसन्धामा पार्टी परित्याग गरेको भन्दै एमालेको सदस्यसमेत नरहने गरी निष्कासन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमाले परित्याग गरेकी डाँगी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी हुन् । यस्तै सिजागु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
‘जिल्ला कमिटी सचिवालय सदस्य पार्वती सानु डाँगी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेर म्याङ्लुङ नगरपालिकाबाट आसन्न निर्वाचनमा नगर उपप्रमख पदमा उम्मेद्वारी दिएर चुनाव चिन्ह रुखबाट निर्वाचन सामना गर्ने गरी अगाडि बढ्नु भएको छ,’ जिल्ला अध्यक्षले गरेका हस्ताक्षरमा भनिएको छ, ‘त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी तेह्रथुमका सदस्य स्वयं सिंजागु नेपाली कांग्रेस प्रवेश गर्नु भएको हुनाले पार्टीका दुवै जनालाई पार्टीको विधान बमोजिम नेकपा एमालेको सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।’















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया