विप्लव नेतृत्वको नेकपा फुटको सँघारमा, दुवै पक्षद्वारा आ-आफ्नै माग

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको सँघारमा पुगेको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको विरुद्धमा रहेका पार्टीका सचिवालय सदस्य हेमन्दप्रकाश वली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेसँगै पार्टी फुटको संघारमा पुगेको हो ।
पार्टीबाट निष्कासन भएका दुवै नेता संयुक्त विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो सबै गल्ती सच्याउनु पर्ने माग राखेका छन् । ‘महासचिवले गरेको यो कथित कारबाही खारेज गरिएको छ र उहाँलाई आफ्ना सम्पूर्ण गल्तीहरू सच्याउन आग्रह गरिन्छ,’ सुदर्शन र कञ्चनले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
उनीहरूले एक विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले आफ्नो नैतिकता गुमाएको आरोप लगाएका छन् । विज्ञप्तिमा उनीहरूले आफूहरूलाई गरिएको कारबाही अवैधानिक भएको टिप्पणी गरेका छन् । स्थानीय निर्वाचनमा भाग लिने विषयमा नेकपाभित्र विवाद चर्किदै गएको थियो ।
















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया