ट्राफिक प्रहरीद्धारा नौ महिनामा एक करोड ४६ लाख राजस्व सङ्कलन

जनकपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८÷०७९ को नौ महिनामा रु एक करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५० सवारी साधनमाथि कारबाही गरी रु एक करोड ४६ लाख ७४ हजार राजस्व सङ्कलन गरेको हो ।
पूर्वपश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा ट्राफिक जाँच बढाएकाले ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमाथि कारबाही गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए ।
यस्तै चालु आव ०७८÷०७९ को नौ महिनामा धनुषाको विभिन्न सडक खण्डमा भएको एक हजार ५५सवारी दुर्घटनामा परी ८० ले ज्यान गुमाएको प्रहरीले जनाएको छ । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया