संसदभित्रै अश्लील सामग्री हेर्ने बेलायती सांसद भन्छन् – भूलवश मोवाइलमा खुलेको हुन सक्छ

एजेन्सी । बेलायती सांसद निल पेरिशले भूलवश आफ्नो मोवाइलमा पोर्न भिडियो खुलेको हुन सक्ने बताएका छन् । यसै साता उनी संसद् भवनभित्र मोवाइलमा अश्लील सामग्री हेरेको अवस्थामा भेटिएका थिए । सो घटनापछि पेरिश कन्जरभेटिभको संसदीय दलबाट निलम्बनमा परेका छन् ।
हाउस अफ कमन्सको वैठकमा उनले अश्लील सामाग्री हरेको दुई महिला सांसदहरुले आरोप लगाउँदै आएका छन् । आफूहरु नजिकै बसेर त्यस्तो सामाग्री हेरेको महिला सांसदहरुको गुनासो छ ।
यस विषयमा अनुसन्धान सुरु गरिएको छ । फैसला नआएसम्म उनले सांसद र वातावरण चयन समितिको अध्यक्षबाट राजीनामा दिन अस्वीकार गरेका छन् । तर, छानबिनमा दोषी पाइएमा राजीनामा दिने उनले बताएका छन् ।
शुक्रबार, पेरिसले आफूलाई संसदको मापदण्ड आयुक्त क्याथरिन स्टोनलाई त्यसबारे आफै जानाकारी गराएपछि उनको पार्टीबाट निलम्बन गरिएको थियो ।
‘निस्सन्देह यो लाजमर्दो छ । यो मेरी श्रीमती र परिवारको लागि लाजमर्दो छ । यो अहिलेको मेरो मुख्य चिन्ता हो । मसँग धेरै सहयोगी श्रीमती छिन र उनलाई धन्यवाद दिन्छु’, पेरिशले भने ।
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया