टी-२० क्रिकेट: नेपाल र जिम्बाब्वे भिड्दै

काठमाडौं / जिम्बाब्वे ‘ए’ विरुद्धको तीन टी-२० खेलको शृंखलाअन्तर्गतको पहिलो खेलमा आज मैदान उत्रदा नेपाल प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।
अमेरिकामा जुनमा आयोजना हुने विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको तयारीमा रहेको नेपालले त्यसैको तयारीस्वरुप जिम्बाब्वेसँग तीन टी-२० र तीन एक दिवसीय शृंखला आयोजना गरेको हो ।
नेपालले चैत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दुई एक दिवसीय खेलको शृंखला २-० ले गुमाएको थियो । पिएनजी र मलेसियासम्मेलित त्रिकोणात्मक टी-२० खेलको शृंखला भने नेपालले जितेको थियो । त्यसैले नेपाल आफ्नो जित यात्रा कायम राख्न चाहन्छ ।
नेपालले शनिबार जिम्बाब्वेविरुद्धको तीन एक दिवसीय शृंखलाअन्तर्गतको पहिलो खेल खेल्ने तालिका थियो । तर लगातारको वर्षाका कारण सो खेल रद्द गरिएको थियो ।
नेपाल क्रिकेट संघ(क्यान)ले शनिबारै पूर्वनिर्धारित खेल तालिका परिवर्तन गर्दै पहिला टी२० शृंखला खेलाउने भन्दै तालिका सार्वजनिक गरेको थियो ।
खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ ।
क्यानले शनिबार मात्र ट्वान्टी-२० शृंखलाका लागि सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

















सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया