सशस्त्र र प्रहरीका नवनियुक्त आईजीपीले भोलि बिहान फुली लगाउने
मेरोन्यूज
२०७९ वैशाख १८ गते १७:५२

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार (भोलि) बिहान फुली लगाउने भएका छन् ।
सोमबार बिहान ८:४५ बजे गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरीका धिरज प्रताप सिंह र सशस्त्रका राजु अर्याललाई फुली लगाउने गृहमन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरू दुवै जनालाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । नियुक्त भएका दुवै जनालाई गृहसचिवले फुली लगाउने छ ।
प्रहरीका महानिरीक्षकको नियुक्तिमा वरियता मिचेको भन्दै आईजीपीका प्रत्यासी विश्वराज पोखरेल र शहकुल थापाले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा जाने तयारी गरेपछि गृहमन्त्रालयले अदालत खोल्नु पूर्व नै उनीहरूलाई फुली लगाउने कार्यक्रम राखेको हो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया