शुक्रबार, माघ १६, २०८२

एमाले र माओवादीका एक–एक सदस्य निर्विरोध

मेरोन्यूज २०७९ वैशाख १८ गते २१:२१

उदयपुर । जिल्लाको दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । लिम्चुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट लिम्चुङबुङ गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी दलित महिला सदस्य देवकुमारी कार्की निर्विरोध भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले जानकारी दिए ।

त्यसैगरी रौतामाई गाउँपालिका १ की दलित महिला सदस्य नेकपा एमालेबाट फुल माया विक (दियाली) निर्विरोध भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले स्थानीय तह निर्वाचन सञ्चालन नियमावलीको नियम १३ को उपनियम (१) अन्तर्गत दलित महिला सदस्य निर्वाचित भएको जानकारी दिए । उदयपुरमा तीन सय ९१ पदमध्ये दुई पद निर्विरोध भएका हुन् ।

प्रतिक्रिया