‘निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ’
काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका लागि पहल गर्ने बताएकी हुन् । उनले भनिन्, ‘निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ, सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ, निर्माणका काम रोकेर नबसौँ ।’
ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्योलता सिर्जना हुने उनले बताइन् ।
भेटमा महासंघका अध्यक्ष रवि सिंहले विकास परियोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि अन्य मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गरे । उनले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन गर्न अनुरोध गरेका थिए ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया