साविक विजेता न्यु डायमन्ड पराजित

काठमाडौं, २० वैशाख। साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।
पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१-२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो ।
खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले १५-१३ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीसम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग २५-१९, २५-७, २५-१८ को सोझो सेटमा पराजित भएको थियो । न्यु डायमन्डको भने प्रतियोगितामा पहिलो खेल हो ।
प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले तीन अंक जोडेको छ । मंगलबारै हुने महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।प्रतियोगितामा तेस्रो दिन मंगलबार दुई महिला र तीन पुरुष गरी पाँच खेल हुनेछ ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया