फुट्यो विप्लवको पार्टी
पार्टीबाटै हटाइए विप्लव, धर्मेन्द्र बास्तोला तोकिए संयोजक
चितवनको राष्ट्रिय भेलामा ६४ मध्ये ३८ केन्द्रीय सदस्य सहभागी रहेको विद्रोही नेताहरुको दावी

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले विप्लवलाई महासचिव पदबाट हटाएको छ । चुनाव उपयोगको नीति लिँदै विप्लव संसदबाटतिर भासिएको भन्दै विप्लवलाई महासचिव बाट हटाउने निर्णय उक्त पार्टीका विद्रोही समुहको आज देखि चितवनको पर्सामा शुरु भएको राष्ट्रिय भेलाले गरेको छ ।
विप्लवलाई महासचिवबाट हटाइएपछि पार्टीमा तत्काल संयोजक बनाउने निर्णय भेलाले लिएको छ । भेलाले सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन)लाई पार्टीको संयोजक चयन गरेको छ ।
पार्टीका प्रवक्ता रहेका खडकबहादुर विश्वकर्मालाई पनि विद्रोही नेताहरुको भेलाले प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ३८ जना भेलामा उपस्थित राष्ट्रिय भेलामा रहेको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए ।
भेला अहिले पनि जारी छ । भेलामा बास्तोला र हेमन्तप्रकाश वलीले पेश गरेको दस्ताबेजमाथी छलफल शुरु भएको छ ।
चुनाव उपयोग गर्ने विप्लव र खडकवहादुर विश्वकर्माको लाइन सँग धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली लगायत नेताहरुले असहमति जनाएका थिए ।
यही विवादका वीच विप्लवले सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी पदमुक्त गरेका थिए ।
त्यसपछि विद्रोहीहरुको भेलाले पनि विप्लवलाई पार्टी महासचिव र पार्टीबाटै हटाउने निर्णय गरेको हो । प्रकाण्डलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय विद्रोही पक्षको भेलाले गरेको हो ।
भेला अझै एक दुई दिन चल्ने बताईएको छ ।
















Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया