भृकुटीमण्डपको जुत्ता मेलामा जाने होईन त ?

काठमाडौं । राजधानिको भृकुटीमण्डपस्थित जुत्ता मेलामा प्रत्यक दिन न्युनतम् पाँच हजार भन्दा बढी ग्राहकहरु आउने गरेको फुटवयर मेनिफेक्चरीङ एसोसियसन अफ नेपालका उपाध्यक्ष रुद्र न्यौपानेले बताएका छन् ।
भृकुटीमण्डपमा गत वैशाख १५ गतेदेखि जुत्ता मेला जारी छ । सो मेला आगमी जेठ ८ गतेसम्म हुने छ । सो मेलामा २१ वटा जुत्ता कम्पनीहरुले सहभागिता जनाएका छन् । मेला अवधीमा दैनिक पाँच हजार देखि छ हजार सम्म ग्राहक आउने र विदाको दिनमा १० हजार देखि बढि ग्राहक आउने फुटवयर मेनिफेक्चरीङ एसोसियसन अफ नेपालका उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

उपभोक्ताको रोजाई बुझ्नको लागि यस्तो मेलाहरु आयोजना गरेको न्यौपानेले जानकारी दिए । उनले भने,‘कुन उपभोक्ताको रोजाई कस्तो छ ? भन्ने थाहाँ पाउँनको लागि पनि हामीले यस्तो मेलाहरु आयोजना गर्ने गरेका हौँ, यो चौथो पटक हो । प्रत्याक पटकमा हामी ग्राहकहरुको रोजाई फरक फरक पाउँछौ, समयक्रम अनुसार उहाँहरुको रोजाई पनि फरक फरक हुँदै गएको हामीले आँकलन गरेका छौं ।’

यस्तो मेला गर्दा ६५ लाखको हाराहारीमा खर्च हुने न्यौपानेले जानकारी दिए । ‘यस्तो मेला आयोजना गर्दा लगभग ६५लाखको हाराहारीमा खर्च हुन आउछ,’ उनले भने ,‘यसको खर्च याहाँ आउने स्टलका सञ्चालक र फुटवेयर मेनिफेक्चरीङ एसोसियसनले समेत व्यहोर्ने गरेको छ ।’















भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
समानुपातिक प्रणालीतर्फको मतगणनाकाे काम आज सकिदै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया