सशस्त्रको रिक्त दुई एआईजी पदमा एक जनालाई मात्रै बढुवा गर्ने चलखेल !

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)मा रिक्त दुई रहेको अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवाका लागि चार जना डिआईजीले आवदेन दिएपनि एक जनालाई मात्रै बढुवा गर्ने चलखेल सुरु भएको छ ।
सशस्त्र प्रहरीबलमा यतिबेला दई एआईजीका पद रिक्त छ । रिक्त रहको दुई पदमा बढुवा गर्नुका साटो सरकारले एक जनालाई मात्रै बढुवाको अन्तिम तयारी गरेको हो । डिआइजीहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिईसकेका छन् ।
तत्कालीन महानिरीक्षक(आइजीपी शैलेन्द्र खनालले अवकाश पाएपछि पुष्पराम केसी आइजीपी भएका थिए । आईजीपी हुनेवित्तिकै केसीले राजु अर्याललाई एआईजीमा सिफारिस गरेका थिए । त्यसपछि पौडेललाई मात्रै बढुवा गरेर तीन वर्षपछि आइजीपी बनाउने खेल शुरु भएको हो ।
केसीको अवकाससँगै सरकारले आइतबार नै अर्याललाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गरेको थियो । अर्याल आइजीपीमा नियुक्ति भएको र पौडेलले अनिवार्य अवकाश पाएपछि सशस्त्र प्रहरीमा दुईवटा पद रिक्त छन् । वरियतामासमेत अघि रहेका डीआईजीहरु पौडेल र गौतम एआईजीमा सहजै बढुवा हुने देखिन्छ ।
















अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया