बुधबार, माघ ७, २०८२

धनुषामा माओवादीका वडाअध्यक्षका उमेदवार यादवका परिवारमाथि धारिलो हतियार प्रहार

मेरोन्यूज २०७९ वैशाख २२ गते १०:४०

जनकपुरधाम । धनुषामा आसन्न स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । सर्वदेव नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् ।

वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले बाहिर बरन्डामा सुतेका बाबुलाई आक्रमण गरेको प्रहरीको अनुमान छ । घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।सर्वदेवका बाबुको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

प्रतिक्रिया