धनुषामा माओवादीका वडाअध्यक्षका उमेदवार यादवका परिवारमाथि धारिलो हतियार प्रहार
मेरोन्यूज
२०७९ वैशाख २२ गते १०:४०

जनकपुरधाम । धनुषामा आसन्न स्थानीय तह निर्वाचनका एक उमेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । वडाध्यक्ष पदमा उमेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि बुधबार राति धारिलो हतियार प्रहार गरिएको हो । सर्वदेव नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुन् ।
वडाध्यक्षका उमेदवार सर्वदेवलाई आक्रमण गर्न गएको अज्ञात समूहले बाहिर बरन्डामा सुतेका बाबुलाई आक्रमण गरेको प्रहरीको अनुमान छ । घाइते यादवको शरीरका विभिन्न भागमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाति सुरेन्द्र यादवले बताए ।सर्वदेवका बाबुको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
सम्बन्धित
















भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम आउँदै
प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
प्रतिक्रिया