शुक्रबार, पुष १८, २०८२

एक हजार ४०० ले बढ्यो सुनको मूल्य

मेरोन्यूज २०७९ वैशाख २२ गते १२:५७

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले उकालो लागेर रु ९८ हजार ६०० पुगेको छ । सुन अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया