अभिनेता पल शाहको मुद्दामा सुनुवाइ हुन सकेन

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा जेलमा रहेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुने भनिए पनि हुन सकेन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि हेर्ने आदेश दिएको छ ।
थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने तनहुँ र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता शाह उच्च अदालत पोखरा पुगेका थिए । उनको मुद्दामा यसअघि उच्च अदालत पोखराले दुवै जिल्लाको मुद्दालाई लगाउमा राख्न आदेश दिएको थियो ।
सरकारी वकिलले अभिनेता शाहका मतियार कृष्ण जोशीलाई समेत थुनामै राखेर अनुसन्धान गर्नु पर्ने उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।
उच्च अदालत पोखराले यसअघि नै दुवै जिल्लाबाट कैफियत प्रतिवेदन मागेको थियो । तर एकसाता अघि मात्रै सरकारी वकिल मतियार मानिएका जोशीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निवेदन लिएर उच्च अदालत पुगेको थियो ।
जिल्ला अदालत तनहुँले जोशीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
















फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्ने गृहमन्त्रीको स्पष्टीकरण
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गते बस्ने
काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नाइजेरियाली सेनाद्वारा अपहरण गरिएका ३१ जनालाई उद्धार, ५ जनाको मृत्यु
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया