अभिनेता पल शाहको मुद्दामा सुनुवाइ हुन सकेन

काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा जेलमा रहेका अभिनेता पल शाहको मुद्दामा आज सुनुवाइ हुने भनिए पनि हुन सकेन । उच्च अदालत पोखरामा बिहीबार पेशी तोकिए पनि अदालतले कृष्ण जोशीको मुद्दालाई पनि हेर्ने आदेश दिएको छ ।
थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने तनहुँ र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता शाह उच्च अदालत पोखरा पुगेका थिए । उनको मुद्दामा यसअघि उच्च अदालत पोखराले दुवै जिल्लाको मुद्दालाई लगाउमा राख्न आदेश दिएको थियो ।
सरकारी वकिलले अभिनेता शाहका मतियार कृष्ण जोशीलाई समेत थुनामै राखेर अनुसन्धान गर्नु पर्ने उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।
उच्च अदालत पोखराले यसअघि नै दुवै जिल्लाबाट कैफियत प्रतिवेदन मागेको थियो । तर एकसाता अघि मात्रै सरकारी वकिल मतियार मानिएका जोशीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने निवेदन लिएर उच्च अदालत पुगेको थियो ।
जिल्ला अदालत तनहुँले जोशीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया