नौ महिनामा छाता मात्रै २० करोडको भित्रियो
मेरोन्यूज
२०७९ वैशाख २३ गते १४:२२
काठमाडौँ । चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा नेपालमा करिब २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्म उक्त रकमको छाता नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो ।
विभागका अनुसार कूल १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपाल भित्रिएको हो । नेपालमा चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरियालगायत देशबाट छाता आयात हुँदै आएको छ ।
चीनबाट मात्र १७ करोड ९ लाख रुपैयाँको छाता नेपाल आयात भएको छ । गत आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख रुपैयाँको छाता आयात गरेको विभागको तथ्यांकले देखाएको छ ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया