चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो
मेरोन्यूज
२०७९ वैशाख २३ गते १४:३३
काठमाडौँ । चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुगेको छ । गत अप्रिल २९ मा भवन भत्किएको थियो ।
दुर्घटनामा मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । भवनमा रहेका १० जना नागरिकलाई भने जिवीतै उद्धार गरिएको छ ।
त्यस्तै, भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो । शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको हो ।
बाँकी १० जनालाई जिवीतै उद्धार गरिएको थियो । दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया