नेपालले टस जितेर जिम्बावेविरुद्ध फिल्डिङ गर्दै
मेरोन्यूज
२०७९ वैशाख २४ गते ९:४१

काठमाडौं । जिम्बावे एविरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ । त्रिवि मैदानमा टस जितेपछि नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
यो खेलमा सुनिल धमला लामो समयपछि टिमको पहिलो रोजाइमा परेका छन् भने विनोद भण्डारीले आजको खेलमा विकेटकिपिङ सम्हालिरहेका छन् ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ए सँग ३ विकेटले पराजित भएको थियो ।
तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एक दिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक-एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।
नेपालको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया