बेहुली लिन गएका बेहुला हिरासतमा !
मेरोन्यूज
२०७९ वैशाख २४ गते ११:३३

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् ।
उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।
तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्रहरीले चौधरीलाई पक्राउ गरिएको प्रवक्ता पाठकले बताए । चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर – ४ मा छ ।
प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।
सम्बन्धित
















सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया