सुर्खेतमा पार्टीको झण्डा राखेको दुई गाडीमा आगजनी
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ ।
आज अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका ६ मंगलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा १४ च ६८३१ नम्बरको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार आगजनीबाट स्कार्पियोको पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ ।
यता प्रहरीले आगो नियन्त्रण गर्दै गर्दा मंगलगढी चोकबाट सात सय मिटर पश्चिममा रहेको तीनतोली होटलअगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उनले बताए । तीनतोली होटलमा रोकेको नेकपा एमालेको झण्डा र माइक राखेको क प्र ०२–००१ प ००६१ नम्बरको मिनीबसमा आगजनी गरिएको थियो ।
प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताए । आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया