बुधबार, माघ ७, २०८२

घर दैलो कार्यक्रममा दिएको प्रसाद खाएर हुने समस्या देखियो

मेरोन्यूज २०७९ वैशाख २६ गते ७:२३
फाइल तस्बिर

काठमाडौं । स्थानीय तह नजिकिएसँगै विभिन्न राजनिति दलका नेता, उम्मेदवार अहिले घर दैलो कार्यक्रममा व्यस्त छन् । सोही घर दैलो कार्यक्रममा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान प्रहरी प्रधान कार्यालय नक्सालले सबैलाई अनुरोध गरेको छ ।

कार्यालयले आईतबार एक सुचना जारी गदै यस्ता अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन सेवन गरेपश्चात कोही विहोस हुने ,केहीमा रिगटा लागेर लड्ने जस्ता घटना घटेका समेत बताएको छ ।

निवार्चन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्ता सुचना भए तुरन्तै नेपाल प्रहरीलाई जानकारी गराउँन समेत कार्यालयले अपिल गरेको छ । स्थानीय तहको निवार्चन यही ३० गते हुदैछ, थोरै समय मात्र रहेको हुदाँ विभिन्न राजनिति दलहरु घरदैलो कार्यक्रममा निकै व्यक्त छन् ।

प्रतिक्रिया