लमजुङमा राँगोले हानेर एकको मृत्यु

लमजुङ । लमजुङमा आफैँले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । सुन्दरबजार नगरपालिका-४ का ४४ वर्षीय खुमबहादुर नेपालीको राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो ।
बेसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार ९, सिउाडीबारको भोटेओडार अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो रागोले शनिबार साँझ खुमबहादुरकी छोरी २० वर्षीया रविनालाई हानेर घाइते भएकी थिइन् । उनको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । तीन वर्षको सो रागोलाई प्रहरीले गोली हानेर मारेको छ । उक्त राँगोलाई दिमागी असन्तुलन भएको हुनसक्ने बताएको छ ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया