कतारी राजकुमारी कञ्चनजङ्घा शिखरमा

काठमाडौं । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।
आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् ‘म केहि दिन विरामी परेकी थिए, त्येसैले आंटेको हिमाल चढ्न सक्दिन की झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।’
उनले आफ्नो पोष्टमा भनेकी छन् – हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसंगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।
उनले आफ्नो सफलताका पछाडी बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । जसमा निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसंग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया