नौ महिनामा भित्रियो सवा ७ खर्ब, नेपाल भित्रने रेमिट्यान्समा कमी
मेरोन्यूज
२०७९ वैशाख २८ गते १६:१२

काठमाडौँ । नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७–७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।
सम्बन्धित












पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
प्रतिक्रिया