दोलखामा बुथ कब्जा गर्ने प्रयास, दुई पक्षबीच झडप भएपछि हवाई फायर
मेरोन्यूज
२०७९ वैशाख ३० गते ८:५२
दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ । पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो ।
मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको हो । ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए ।
मतदाता आउने बाटो अबरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेका थिए । सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान हुने उनको भनाइ छ ।
सम्बन्धित















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया