एमालेका २८ वर्षीय युवा बने पालिका अध्यक्ष, कांग्रेसको गढ तोडियो
बुटवल । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर निर्वाचित भएका हुन् ।
बुलिङटारलाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यसअगाडिको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्षसण्हित वडाध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशी किरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गरेका हुन् । उनी निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् ।
पूर्व सांसद दामोदर बस्ताकोटीका छोरा उनलाई कांग्रेस नेता शशांक कोइरालाको रुचीमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोर्याइएको थियो ।
अध्यक्ष पदमा सुनारीले चार हजार ५९ मत पाएका छन् भने बस्ताकोटीले तीन हजार ९०० मत पाए । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना चार हजार २३९ मत प्राप्त गर्दै विजयी भएकी छन् ।

















Tractor hits man to death
One dies in motorcycle accident
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
प्रतिक्रिया