कैलालीमा मालिका स्टिल उद्योग स्थापना

काठमाडौँ । बुद्ध पूर्णिमाको अवसरमा कैलालीको जानकी गाउँपालिका ८ पहाडीपुरमा मालिका स्टिल उद्योग सञ्चालनमा आएको छ ।
उद्योगका अध्यक्ष टीकाराम जैशीका अनुसार पहिलो चरणमा एक अर्ब ७० करोड रुपैयाँ लगानी हुने उद्योगमा करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी र सयौँ जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् ।
प्रतिदिन १५० टन उत्पादन क्षमताको उद्योगबाट ग्याबियन तार, बार्ब्ड तार, टोरकारी, किलाकाटा लगायतका वस्तुहरु उत्पादन हुने छन् । उद्योगलाई विस्तार गरेर निकट भविष्यमा अत्याधुनिक उद्योगका रुपमा विकास गर्ने लक्ष्य राखिएको जैशीले बताए ।
पछिलो समय सुदूरपश्चिम क्षेत्रमा नयाँ उद्योग सञ्चालनमा आउन नसकेको अवस्थामा नयाँ उद्योगको स्थापनाले यो प्रदेशमै लगानीका लागि वातावरण रहेको सन्देश प्रवाह हुने अपेक्षा स्थानीयको छ ।
विशेषत टीकापुर, लम्की र जनकी क्षेत्रमा थप नयाँ उद्योग खोल्न यसले प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।















मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
‘उज्यालो नेपाल अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने’
कुनै डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैन : वरिष्ठतम् न्यायाधीश मल्ल
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
प्रतिक्रिया