नेप्से झिनो अंकले सुधार

काठमाडौं । सेयर बजार नेप्सेमा बुधबार करिब ९ अंकले सुधार आएको छ। हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक बुधबार ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ ।
नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स ४४१ अंकमा पुगेको छ। केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् ।
नेप्सेमा बुधबार ७० कम्पनी का सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेमा बुधबार बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा बुधबार बैकिङ सेक्टर, डेभलमेण्ट बैंक, फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टर का लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।













Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया